Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा कुलमान

समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा कुलमान


  • 2.1K
    Shares

    समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा कुलमान

    काठमाडौं । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारी गरेको छ । निर्वाचन आयोगको आधिकारिक निर्णय लिएर आफूहरू अदालत जाने तयारी गरिरहेको उनेपाका केन्द्रीय सदस्य  जितराम लामाले जानकारी दिएका छन् । 

    उनले भने, हामीले समानुपातिक निर्वाचन लड्ने भनेर समयमा नै दल दर्ता गरेकै छौँ । समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिद पनि लिएका छौँ । समानुपातिक सूचीमा त्रुटि सच्याउने र नाम फिर्ता लिने समयभित्रै हाम्रो सूची लिइयोस् भनेर यसअघि नै निवेदन दिएका छौँ । त्यसबारे निर्वाचन आयोगको आधिकारिक निर्णय गरेको छैन ।’

    उनेपा अब निर्वाचन आयोगको निर्णय कुर्दै अदालत जाने तयारीमा छ । उनले उनेपा अहिले निर्वाचन आयोगमा पुगेर निवेदनको विषयमा जानकारी लिएको बताएका छन् ।

    उनले आयोगले अहिलेसम्म कुनै पनि निर्णय नभएको जानकारी गराएको र उनेपाको समानुपातिक बन्दसूची नलिएकाले अदालत जाने बताएका छन् । निर्वाचन आयोगले दलहरूलाई यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिएको थियो । 

    images
    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १४:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij