२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताए।
इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ छ । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताए।
सेनाले यसको अध्ययन गरिरहेको र हामी केही धेरै कडा विकल्पहरूको बारेमा सोचिरहेको उनको भनाइ छ । इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरिएका छन् । जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij