Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

देउवा महाधिवेशनमा सहभागी हुने हल्ला गलत, भ्रममा नपर्न सचिवालयको आग्रह

देउवा महाधिवेशनमा सहभागी हुने हल्ला गलत, भ्रममा नपर्न सचिवालयको आग्रह


  • 1.0K
    Shares

    देउवा महाधिवेशनमा सहभागी हुने हल्ला गलत, भ्रममा नपर्न सचिवालयको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

    केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यसमा कुनै सत्यता नरहेको बताएका हुन् । 

    भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा सहभागी हुने कुनै कार्यतालिका नरहेको सचिवालयले जानकारी दिएको छ । स्वकीय सचिवले गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरिएको छ ।

     

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १०:३३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij