Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

रास्वपा सहमहामन्त्री विपिन कुमारले पनि समानुपातिकको सूचीबाट फिर्ता लिए नाम

रास्वपा सहमहामन्त्री विपिन कुमारले पनि समानुपातिकको सूचीबाट फिर्ता लिए नाम


  • 1.0K
    Shares

    रास्वपा सहमहामन्त्री  विपिन कुमारले पनि समानुपातिकको सूचीबाट फिर्ता लिए नाम

    काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको रास्वपा स्रोतले जानकारी दिएको छ । 

    समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानकारी दिएका छन् ।

    उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

    यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू,  सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

    कार्यतालिका अनुसार यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए ।

    images
    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १३:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij