Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

कांग्रेसका १७ भ्रातृसंस्थाद्वारा एक ढिक्का भएर अघि बढ्न आग्रह

कांग्रेसका १७ भ्रातृसंस्थाद्वारा एक ढिक्का भएर अघि बढ्न आग्रह


  • 1.3K
    Shares

    कांग्रेसका १७ भ्रातृसंस्थाद्वारा एक ढिक्का भएर अघि बढ्न आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न पार्टी नेतृत्व र पदाधिकारीहरूलाई अपिल गरेका छन् । 

    उनीहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘हालको अवस्थामा देश र जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ ।’

    उनीहरूले अपिलमा निर्वाचनको मिति तोकिएर प्रक्रिया अगाडि बढेको अवस्थामा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताएका छन् ।

    अपिलमा लेखिएको छ, ‘नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्म का लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन,’  । 

    सबै नेता कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्व स्वीकार गरेर सहमतिमार्फत अघि बढ्न पनि अनुरोध गरेका छन् ।

    610308911_1461823292032366_8688476145389178329_n_h1Gr8l3r6m.jpg

     

    images
    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १४:११:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij