Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

निषेधाज्ञामा रेस्टुरेन्ट खोल्दा २७ हजार जरीवाना !

निषेधाज्ञामा रेस्टुरेन्ट खोल्दा २७ हजार जरीवाना !


  • 5.1K
    Shares

    • images
    निषेधाज्ञामा रेस्टुरेन्ट खोल्दा २७ हजार जरीवाना !

    बुटवल । रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्दै रेष्टुरेण्ट सञ्चालन गर्नेलाई प्रशासनले कारबाही गरेको छ । बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गरेको भन्दै प्रहरीले रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको थियो ।

    उनीहरुले निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट सञ्चालन गर्दा २७ हजार ३०० जरिवाना तिर्नुपरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका –४ वस्ने ४४ वर्षका होटल सञ्चालक शेरबहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ बस्ने ४० वर्षका होटल सञ्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो ।

    जरिवाना बापतको २७ हजार ३०० असुल गरी उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

    रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गराई निषेधाज्ञाको अबज्ञा गरिरहेको अबस्थामा आइतबार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध समेत गरेको प्रहरीले जनाएको छ ।

    press-note-rotated.jpg

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - ११:४८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij