Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन परीक्षण सुरु, १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन

काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन परीक्षण सुरु, १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन


  • 5.9K
    Shares

    • images
    काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन परीक्षण सुरु, १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन

    काठमाडौं । कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न समुदायमा आजदेखि एन्टिजेन परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । 
     
    परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ,” महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्छन्, ‘‘संक्रमणको सक्रिय अवस्था थाहा पाउन यो उपयुक्त विधि हो ।”

    ‘‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनेका छौं,” महाशाखाका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।”

    उनीहरुका अनुसार कसैको शरीरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि लक्षण देखिनु अघि कसैसँग कोभिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन परीक्षण गरेर भोलि वडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । 

    ‘‘तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौँ,” महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले भने, ‘‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।” परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ । 

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - ११:४२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij