Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार

साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार


  • 1.1K
    Shares

    साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । 

    आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोडको शेयर कारोबार भएको छ ।

    सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशत बढेको छ ।

    फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशत घटेको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको २० करोड माथिको शेयर कारोबार भएको छ भने बन्दीपुर केबलकारको १७ करोड ६० लाखको शेयर कारोबार भएको छ । 

    24.JPG

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १५:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij