Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता

खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता


  • 1.1K
    Shares

    खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

    मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै उजुरी दिएका हुन् ।

    उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

    उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । 

    अख्तियारमा दर्ता उजुरीमा दोषी देखिएमा गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - ११:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij