Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

अमेरिकी अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु

अमेरिकी अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु


  • 218
    Shares

    अमेरिकी अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु

    काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अमेरिकी अध्यागमन अधिकारीले एक ३७ वर्षीया एक महिलालाई गोली हानी हत्या गरेपछि विवाद चर्किएको छ।

    बिबिसीका अनुसार स्थानीय अधिकारीहरूले यो घटना आत्मरक्षाका लागि भएको भन्ने ट्रम्प प्रशासनको दाबी अस्वीकार गरेका छन्।अमेरिकी गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिलाले अध्यागमन एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेको दाबी गरेको छ।

    मिनियापोलिसका मेयर ज्याकोब फ्रेले भने यसलाई शक्ति प्रयोगु को घटना भनेका छन्। उनले त्यस्ता अध्यागमन एजेन्टलाई सहर छाड्न आग्रह पनि गरेका छन्। अवैध आप्रवासीविरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी कारबाही थालेपछि सयौं अध्यागमन एजेन्टहरू मिनियापोलिसमा तैनाथ गरिएका छन्। बुधबार बिहान करिब १०:२५ बजे भएको गोलीकाण्डको क्षण सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा देखिन्छ।

    विभिन्न कोणबाट खिचिएका ती भिडिओमा मिनियापोलिसको एक आवासीय सडकमा एक एसयुभी गाडी बाटो छेकेर रोकिएको देखिन्छ। सडक छेउमा विरोध प्रदर्शन गरिरहेका जस्ता देखिने मानिसहरूको भिड उभिएको छ।

    त्यसैबीच अध्यागमन अधिकारीहरू गाडी नजिक पुग्छन् र एसयुभी चलाइरहेकी महिलालाई बाहिर निस्कन आदेश दिन्छन्। एक जना एजेन्टले चालकपट्टिको ढोका तान्छन्। अर्का एजेन्ट गाडीको अगाडि उभिएका देखिन्छन्।

    बिबिसीका अनुसार ती एजेन्ट गाडीबाट कति नजिक थिए वा उनी गाडीले ठक्कर खाएका थिए कि थिएनन् भन्ने स्पष्ट छैन। त्यसपछि उक्त एसयुभी अघि बढ्न खोज्दा ती एजेन्टले गोली चलाउँछन्।

    त्यहाँ तीन पटक गोली चलेको आवाज सुनिन्छ। गाडी नियन्त्रण गुमाएर सडक छेउमा पार्क गरिएको अर्को गाडीमा ठोक्किन्छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलु मा लेख्दै एक अध्यागमन अधिकारीलाई निर्ममतापूर्वकु गाडीले किचिएको दाबी गरेका छन्।

    ट्रम्प प्रशासनले मिनेसोटाको मिनियापोलिस क्षेत्रमा थप २,००० संघीय एजेन्ट तैनाथ गरेको छ। बुधबारको पत्रकार सम्मेलनमा मेयरले त्यस्ता एजेन्टको उपस्थितिले सहर असुरक्षित भएको बताएका छन्। उनीहरू परिवार फुटाइरहेका छन्, हाम्रो सडकमा अराजकता फैलाइरहेका छन्, उनले भने।

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - ११:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij