Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिखर पावर डेभलपमेन्टको आईपीओ माघ ६ देखि खुल्दै

शिखर पावर डेभलपमेन्टको आईपीओ माघ ६ देखि खुल्दै


  • 680
    Shares

    • images
    शिखर पावर डेभलपमेन्टको आईपीओ माघ ६ देखि खुल्दै

    काठमाडौं । माघ ६ गतेदेखि शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिआईपीओ निष्काशन गर्ने भएको छ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्न लागेको हो।  बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरका ३२ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले कुल कित्तामध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका बडा नं. २, ३, ४ र ५ का बासिन्दाका लागि जारी गर्न लागेको छ।

    यसैगरी सर्वसाधारणका लागि छुट्याइएको २२ लाख २० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिनेछ।

    यो आइपीओमा दुवै समूहले १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि यो आइपीओ निष्कासन बन्द छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ।

     

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - १३:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij