२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौं उपत्यकामा आज एकैदिन थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ९८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ३४६ छन् । यस्तै, ललितपुरमा ४५४ र भक्तपुर जिल्लामा २९८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij