Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज एकैदिन थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु

आज एकैदिन थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु


  • 5.6K
    Shares

    • images
    आज एकैदिन थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु

    पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । 

    मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । 

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । 
    पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको थियो । 

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १७:२७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij