२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशमा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८५९ जनमा संक्रमण देखिएको हो ।
प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र गोरखा बाहेकका अन्य ९ जिल्लामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा धेरै कास्कीमा ४०८, नवलपरासी पूर्व १४२, म्याग्दीमा ८४, लमजुङ ७९, बागलुङ ६२, पर्वत २१, स्याङजा ३५, तनहुँ २३ र मनाङमा २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका मुस्ताङ र गोरखा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिएका छैनन् ।
प्रदेशमा देखिएका ८५९ संक्रमितमध्ये ४०४ जना महिला र ४५५ जना पुरुष रहेको निर्देशक डा. शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०४१ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij