Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सामुदायिक वनमा लागेको आगो निभाउन जादा वृद्धको मृत्यु

सामुदायिक वनमा लागेको आगो निभाउन जादा वृद्धको मृत्यु


  • 5.4K
    Shares

    सामुदायिक वनमा लागेको आगो निभाउन जादा वृद्धको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीमा एक सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा वृद्धको ज्यान गएको छ ।

    मालारानी गाउँपालिका–२ अमिले स्थित छहराखोला सामुदायिक वनमा अचानक आगलागी भई आगो निभाउने क्रममा वर्ष ७८ का पुरुषको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    यता, आगलागीबाट दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालको घर जलेर खरानी भएको छ ।

    स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्यांकीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिए ।

     

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १६:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij