Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोना संक्रमणबाट गर्भवती नर्सको मृत्यु

कोरोना संक्रमणबाट गर्भवती नर्सको मृत्यु


  • 5.0K
    Shares

    कोरोना संक्रमणबाट गर्भवती नर्सको मृत्यु

    विराटनगर । ‘आफै पनि स्वास्थ्यकर्मी सधैँ सजग रहनुपर्छ भन्दै आउँथिन् । कलेज, छरछिमेकमा समेत महामारीबाट जोगिन सल्लाह दिँदै आएकी थिइन् । सबैको स्वास्थ्यको ख्याल राख्दाराख्दै उनलाई कहिले संक्रमण भयो पत्तै लाग्न सकेन,’ लर्डबुद्ध एकेडेमीका संञ्चालक ज्ञानु खड्काले बताए ।

    कोरोना भाइरस र निषेधाज्ञासँगै पछिल्लोसमय एकेडेमी पनि बन्द रहेको थियो। ३५ वर्षीया उनी पनि विराटनगर महानगरपालिका ३ स्थित घरमा रहेकी थिइन् । उनका श्रीमान् समेत एकेडेमीका सञ्चालक मध्येका एक हुन् ।

    एकेडेमीमा नर्सिंग विषयको इन्ट्रान्स पढाउँदै आएकी उनी आफै पनि पेशाले नर्स थिइन् र बि.एन अध्ययनरत रहेकी थिइन् । आफ्नो पढाई अघि बढाउन उनले नोबेल शिक्षण अस्पतालमा गरिरहेको कार्य छाडेकी थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमा स्वास्थ्य लाभ गरिरहेकी थिइन् ।

    तर, वैशाख २१ गते एकाएक उनको स्वास्थ्यमा समस्या उत्पन्न हुन पुग्यो । अवस्था गम्भीर भएपछि परिवारका सदस्यले तत्काल कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गराए । यतिबेलासम्म केन्द्रमा महिला स्वास्थ्यकर्मीलाई ल्याउँदै गरेको र अवस्था गम्भीर रहेको खबर फैलिसकेको थियो। केन्द्रमा कार्यरत सबै स्वास्थ्यकर्मी बिरामीको उपचारका लागि तयार रहेका थिए ।

    केन्द्रमा कार्यरत चिकित्सकहरुले बिरामीको स्वास्थ्य अवस्था बुझे । बिरामी आफै पनि सात महिनाको गर्भावस्थामा रहेकी थिइन् । चिकित्सकले अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई अक्सिजनको सहयोगमा उपचार सुरु गरेका थिए।

    कोरोना भाइरसले उनलाई थप शिथिल बनाउँदै लगेको थियो । चिकित्सकले बिरामीको अवस्थामा समस्या हुँदै गएपछि एन्टीबायोटिक औषधी सुरु गरे । उनको अवस्था थप गम्भीर हुँदै गयो । यसक्रममा पेटमा रहेको सात महिनाको गर्भपनि खेर गयो ।

    केन्द्रका चिकित्सक हतोत्साही नभइकन बिरामीको उपचारका लागि खटिँदै गए । चौतर्फी रुपमा उनको स्वास्थ्यबारे चासो र उपचारमा कमि आउन नदिन कार्यरत सबै स्वास्थ्यकर्मी खटिए । उनलाई जोगाउनका लागि केन्द्रमा प्लाज्माथेरापी समेत गरियो ।

    तर, स्वास्थ्यकर्मीको अथक प्रयास अन्तत असफल हुन पुग्यो । केन्द्रका सूचना अधिकारी अनुपम राजबंशीका अनुसार शनिबार राती करिब साढे ९ बजे बिरामी मृत्यु भयो । राजबंशीले बिरामीको अवस्था जटिल हुँदै गर्दा आफन्तकै सल्लाहमा आमालाई जोगाउनका लागि एन्टीबायोटिक सुरु गरिएको भए पनि बचाउन नसकिएको बताए ।

    कोभिड १९ उपचार केन्द्रमा स्वास्थ्यकर्मी नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १३:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij