Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

यी पाँच तरिकाबाट बढ्दैछ ‘भर्चुअल सम्पत्ति’को अवैध कारोबार

यी पाँच तरिकाबाट बढ्दैछ ‘भर्चुअल सम्पत्ति’को अवैध कारोबार


  • 540
    Shares

    यी पाँच तरिकाबाट बढ्दैछ ‘भर्चुअल सम्पत्ति’को अवैध कारोबार

    काठमाडौं । नेपालमा अवैध माध्यमबाट भर्चुअल सम्पत्तिको कारोबार बढ्दै पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको रिपोर्टले विभिन्न पाँचवटा माध्यमबाट भर्चुअल सम्पत्तिको कारोबार हुने गरेको र यो कारोबार बढ्दै गएको देखाएको हो ।

    यसरी भर्चुअल सम्पत्तिको कारोबार हुने माध्यमहरूमा हुण्डी र अवैध विदेशी विनिमय, अनलाइन ठगी, मनी म्युल, व्यवसायिक आवरण र अनलाइन बेटिङ प्रमुख  रहेका छन् ।

    इकाइका अनुसार विदेशबाट पैसा पठाउन वा प्राप्त गर्न क्रिप्टोकरेन्सीलाई माध्यम बनाएर बैंकिङ च्यानल छल्ने प्रवृत्ति रहेको छ । परिवार वा साथीभाइको वा अन्य व्यक्तिको खातालाई म्युल खाताको रुपमा प्रयोग गरी क्रिप्टोको पैसा ओसारपसार गर्ने कार्य हुने गरेको छ ।

    कल सेन्टर लगायत दर्ता भएको वैध व्यवसायको आवरणमा क्रिप्टो ट्रेडिङ गर्ने हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

    भर्चुअल कारोबारको यो संख्या र दर क्रमशः बढ्दै गरेको समेत पाइएको छ । राष्ट्र बैंकमा भएको शंकास्पद कारोबारसम्बन्धी रिपोर्टले यो अवस्था देखाएको छ ।

    हालसम्मको रिपोर्टमा अवैध भर्चुअल सम्पत्ति कारोबारका ७५ प्रतिशत संदिग्ध व्यक्तिहरू २१ देखि ३५ वर्ष उमेर समूहको युवाहरू रहेका छन्। यस्तो कारोबारमा सबैभन्दा बढी २९ प्रतिशत विद्यार्थी तथा २१ प्रतिशत कर्मचारीहरू संलग्न पाइएका छन्।

    कानुनी प्रतिबन्धका बावजुद प्रविधिको प्रयोग गरी सीमापार अवैध लगानी र रकम ओसारपसार भइरहनु मुख्य चुनौतीको रूपमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरोले एउटै अन्तर्राष्ट्रिय नेटवर्कबाट ३ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन वित्तीय ठगी र क्रिप्टोकरेन्सी कारोबार भएको पत्ता लगाएको, राजस्व अनुसन्धान विभागले एउटै परिवारका सदस्यविरुद्ध ३७ करोड रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको तथा केही अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने समूहहरूले एउटै घरबाट दैनिक ३ हजार अमेरिकी डलरसम्मको कारोबार गर्ने गरेको पाइएको भन्दै यसको हिस्सा ठूलो रहेको राष्ट्र बैंको निष्कर्ष रहेको छ । 

     

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - १६:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij