२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-१ लौकहीनजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ ।
लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट (बीओपी)मा आक्रमण र ढुंगामुढा भएको हो ।
स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई आक्रमण नगर्न आग्रह गरिरहेका छन् । बीओपीको चारैतिरबाट आक्रमणपछि भएपछि प्रहरीले बल पनि प्रयोग गरेको छ । स्थानीय प्रशासनले सम्यता अपनाउन र वार्तामा आउन पीडित पक्षलाई आग्रह गरेको छ ।
बुधबार राति १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij