२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । डा . चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ । बिहीवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो ।
पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले धोती टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेसको पहिचान हो जस्ता नारा लगाएका थिए ।
जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरको रूपमा उजागर गर्दै पहाडी समुदायबाट मधेसीमाथि हुने दुव्र्यवहारको विरोधमा यो दिवस मनाएको जनाएको छ ।
पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो । यो कार्यक्रमले नेपालको बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दाबी छ ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij