२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन भएको छ । काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुनः प्रदर्शन गरेका हुन् ।
यसअघि सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने गरेको फैसला गरेको थियो । महानगरपालिकाले सो फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यसअघि नै सरोकारवालाहरूले उक्त निर्णय पुनरावलोकनको माग गर्दै आएका थिए ।
सरोकारवालाहरूले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएका छन् ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij