२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७ सय ३९.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनसक्नेछन्।
यदी, बैंकले माघ २१ गतेभित्र शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij