२०८२ भाद्र ४ गते बुधवार
भारतले कोरोनाविरुद्धको औषधि तयार गरेको छ । कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि २–डीजी आज (सोमबार) सार्वजनिक गरिँदैछ ।
त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको २–डीजी औषधिको पहिलो खेप रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले आज बिहान साढे १० बजे सार्वजनिक गर्ने भएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सार्वजनिक भएको एक दुई दिनमा कोरोना संक्रमितका लागि यो औषधि उपलब्ध गराइनेछ ।
हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ । कोरोना संक्रमणविरुद्ध नजिकैको छिमेकी मुलुकमा बनेको खाने औषधि नेपाल पनि आइपुग्ने आशा गर्न सकिन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij