Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस


  • 575
    Shares

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाडौं । आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो। यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। 

    दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गदैछन्। 

    ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।

    दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। 

    विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। 

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - ०८:२०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij