Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

दाहाल र ओलीबीच गोप्य भेटवार्ता

दाहाल र ओलीबीच गोप्य भेटवार्ता


  • 659
    Shares

    दाहाल र ओलीबीच गोप्य भेटवार्ता

    काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    सार्वजनिक रुपमा सौहार्दपूर्ण सम्बन्ध नदेखिएका ओली र दाहालबीच भेट भएको हो। दुवै नेताको सचिवालयले गोप्य राखेको भेट सोमबार भएको छ।

    फागुन २१ गतेका लागि तोकिएको चुनाव हुने वातावरण बन्दै गएको अवस्थामा र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाको चुनावका सन्दर्भमा दुई नेताबीच कुराकानी भएको स्रोतको दाबी छ।

    शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको प्रमुख तीन दलको बैठकमा र त्यसअघि राष्ट्रपतिले शीतल निवासमा बोलाएको बैठकमा उनीहरुबीच भेट भएको थियो।

    शनिबार बालुवाटारमा भएको प्रधानमन्त्रीसहितको तीन दलका नेताको भेटपछि चुनावी वातावरण थप बनेसँगै आउँदो दुवै चुनावमा एमाले नेकपा मिल्ने संभावनाको खोजी भएको बुझिएको छ। राष्ट्रियसभाको चुनावमा एमालेले कांग्रेससँग गठबन्धन गर्न चाहे पनि कांग्रेसले नेकपासँग पनि समानान्तर छलफल अघि बढाएपछि दुई नेताको भेट भएको हो।

    कांग्रेसले एमाले वा नेकपा कुन दलसँग मिल्ने भन्ने विषयमा निर्णय गरेको छैन। कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीले दुवै दलसँग संवाद गरिरहेको छ। राष्ट्रियसभा चुनावमा नेकपा आफैँ जित्न नसक्ने तर जोसँग मिल्यो त्यतै परिणाम निस्कने अवस्था छ।

    त्यस्तै प्रतिनिधिसभा चुनावमा पनि कांग्रेस एमाले मिल्नुपर्ने प्रस्ताव एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सार्वजनिक गरेका छन्।मंगलबार बादलले मदन आश्रित स्मृति प्रष्ठिानले गरेको ओली उपस्थित कार्यक्रममै कांग्रेस एमाले मिलेर संसदको चुनाव लड्ने बताएका छन्।

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १६:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij