२०८२ पौष १६ गते बुधवार
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का विभिन्न स्थानहरुमा रहेका प्याथ ल्याब क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्याबको विविध सेवाको लागि शर्तहरुमा रहि निःशुल्क होम डेलिभरीको सुविधा सहित र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा। लि को तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर स्थित रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का प्याथ ल्याबहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij