Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

सुनसरीका अनेरास्ववियु अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त

सुनसरीका अनेरास्ववियु अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त


  • 554
    Shares

    सुनसरीका अनेरास्ववियु अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त

    काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन् ।

    जेनजी आन्दोलनका क्रममा सिग्देलले नेकपा एमाले अध्यक्ष ओलीको आलोचना गरेको थिए । जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउँदा विद्यार्थीको मृत्यु भएपछि उनले तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

    ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो भएको टिप्पणी सिग्देलले गरेका थिए । जेनजी आन्दोलनलाई समर्थन गरेका उनले ओली प्रवृत्तिको विरोध गरिरहेका छन् ।

    सोही आरोपमा सिग्देललाई अध्यक्षबाट हटाइएको हो । अहिले सिग्देललाई हटाएर रेग्मीको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएको छ ।  
     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १४:२०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij