२०८२ पौष १६ गते बुधवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले आज पुस १६ गते फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । यसअघि पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।
केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको छ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij