Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

एमाले-कांग्रेस बाहेक अरूले सरकार बनाउन सक्दैनन् : केपी ओली

एमाले-कांग्रेस बाहेक अरूले सरकार बनाउन सक्दैनन् : केपी ओली


  • 862
    Shares

    • images
    एमाले-कांग्रेस बाहेक अरूले सरकार बनाउन सक्दैनन् : केपी ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताएका छन् । 

    ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रास्वपा सभापति रवि लामिछाने र शाहबिच भएको सम्झौताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो ।’ अध्यक्ष ओलीले त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको बताएका छन् । 

    ‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ ’ अध्यक्ष ओलीले भने ‘एमाले-कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’

    अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको तर यसको फैसला चाँडै आवश्यक रहेको बताएका छन् । 

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १७:१३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij