२०८२ पौष १५ गते मंगलवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् ।मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको भन्दै ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको बताएका छन् ।
ओलीले भने, ‘हामी चुनाव पर्खिरहेका छौँ । महाधिवेशनबाट धेरै कुराको जवाफ दिएजस्तै अब हुने निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौँ’।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरका मेयर बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरेका छन् ।
उनले दुब्लाको काम नै मोर्चा गर्ने भन्दै अरू पनि मोर्चा हुने बताएका छन् । ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?’ओलीले प्रश्न गर्दै भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij