Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

दराज १.१, द नं १ सेल सार्वजनिक, नयाँ वर्षको सुरुवात विशाल बचतसँगै

दराज १.१, द नं १ सेल सार्वजनिक, नयाँ वर्षको सुरुवात विशाल बचतसँगै


  • 568
    Shares

    • images
    दराज १.१, द नं १ सेल सार्वजनिक, नयाँ वर्षको सुरुवात विशाल बचतसँगै
    images

    काठमाडौं । देशकैअग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१, द
    नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ ।

    १.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नु हुनेछ । यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन्। गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन । त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।

    यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन्। साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । 

    यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ । ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पु¥याउने सोचका साथ, “बेष्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यस अन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

    छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्यलिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नुहुनेछ । दराज नेपालको १.१ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np, दराज नेपालको फेसबुक पेज, वा दराज एप भ्रमण गर्नु हुन कम्पनीले विनम्र अनुरोध गरेको छ ।

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १६:२५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij