Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सुधन गुरुङसँगको फोटो राख्दै बालेनले मध्यरातमा लेखे– लभ यू, ब्रदर

सुधन गुरुङसँगको फोटो राख्दै बालेनले मध्यरातमा लेखे– लभ यू, ब्रदर


  • 1.3K
    Shares

    सुधन गुरुङसँगको फोटो राख्दै बालेनले मध्यरातमा लेखे– लभ यू, ब्रदर

    काठमडौं । सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र प्रयासको बालेन्द्र साह (बालेन)ले प्रशंसा गरेका छन् ।

    कुलमान घिसिङ, रवि लामिछाने र बालेनको एकताका लागि उनले गरेको महत्त्वपूर्ण प्रयासको प्रशंसा गरेका हुन् । मध्यरातमा फेसबुक स्टाटस लेख्दै उनले देश बनाउनुपर्छ भनेर सबैले भने पनि प्रयास महत्त्वपूर्ण हुने भन्दै यस्तो बताएका हुन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? — त्यो नै महत्वपूर्ण हुन्छ।’

    बालेनले सुधनको यो भूमिकालाई देशले १०० वर्षसम्म नबिर्सने बताएका छन् । उनले सुधनलाई बाबु सम्बोधन गर्दै थप लेखेका छन्, ‘बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर ’

     

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ०७:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij