२०८२ पौष १४ गते सोमवार
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई पूर्वजानकारी समेत नदिई स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानूनि व्यवस्थाविपरित भएको टिप्पणी गरेका छन् ।
उनले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौं उपत्यका बाहिर जान प्रतिवन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको पनि उल्लेख गरेका छन् । उनले प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताएका छन् ।
उनले भने, ‘ बढो दुःखका साथ भन्नुपरेको छ, आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना र म समेतलाई काठमाडौं उपत्यकाभित्र स्थानहद गरेको र राहदानी रोक्का गरेको मैले सञ्चार माध्यममार्फत जानकारी पाएँ । मलाई देशको संविधान वा अन्य प्रचलित कानूनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि ? के औचित्यले ? कति अवधिका लागि ?किन स्थानहद र राहदानी रोक्का गरेको हो ? कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएकोछैन । नत मलाई यस बारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ ।
उनले आन्दोलनको क्रममा योजनाबद्ध घुसपैठ भएको कारण हाताहाती भएको उल्लेख गर्दै प्रहरी दमनमा आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij