२०८२ पौष १४ गते सोमवार
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए ।
मध्याह्न करिब १२:० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिएका छन् ।आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।
उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।आयोगमा पेस गरेको जवाफको प्रतिलिपी उनले सार्वजनिक पनि गरेका छन् ।
त्यस्तै उनले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरेन जनाएका छन् ।






© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij