Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

माछापुच्छ्रे बैंक र स्मार्ट पे साइप्रसबीच सम्झौता

माछापुच्छ्रे बैंक र स्मार्ट पे साइप्रसबीच सम्झौता


  • 540
    Shares

    माछापुच्छ्रे बैंक र स्मार्ट पे साइप्रसबीच सम्झौता
    images

    काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रस स्थित स्मार्ट पे संग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ ।

    माछापुच्छ्रे बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पेसँग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो ।

    रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

    उक्त सम्झौता पछि युरोपेली देशमा रहेका नेपालीहरुले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट स्मार्ट पे को सबै प्रतिनिधी कार्यलयहरु, मोबाइल एप, अनलाइन सेवाहरू मार्फत एमबीएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

    साथै, र स्मार्ट पे र एमबीएल रेमिट गरि पठाइएकोे रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था यस बैंकले मिलाएको छ ।

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १४:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij