Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

बन्दसूचीमा राख्न कांग्रेसको ८ बुँदे मापदण्ड, अवसर प्राप्त नगरेकालाई प्राथमिकता दिने

बन्दसूचीमा राख्न कांग्रेसको ८ बुँदे मापदण्ड, अवसर प्राप्त नगरेकालाई प्राथमिकता दिने


  • 498
    Shares

    बन्दसूचीमा राख्न कांग्रेसको ८ बुँदे मापदण्ड, अवसर प्राप्त नगरेकालाई  प्राथमिकता दिने
    images

    काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम राख्न ८ बुँदे मापदण्ड बनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट बनाइएको आन्तरिक मापदण्डमा यसअघि संघ र प्रदेशमा समानुपातिक सांसद बनेकालाई बन्दसूचीमा नराख्ने उल्लेख छ ।

    मापदण्डमा लेखिएको छ, ‘विगतमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका पटकको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा छनौट गरिने छैन,’ ।

    मापदण्डमा लामो समयदेखि पार्टीमा रहेका र अवसर प्राप्त नगरेकालाई मात्र राख्ने उल्लेख छ । ‘प्रजातन्त्र पुनःबहाली तथा लोकतन्त्र प्राप्ति पश्चात हालसम्म पार्टीको विभिन्न तहमा रही पार्टी र लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण योगदान गरेका तर हालसम्म पनि राज्यको कुनै पनि लाभको पदमा निर्वाचित वा नियुक्ति नभएका वा अवसर प्राप्त नगरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने छ,’ आन्तरिक मापदण्डमा लेखिएको छ ।

    बन्दसूचीमा प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति एवं प्रदेश कार्यसमितिले तोकिएको मापदण्ड अनुसार सिफारिस गरेकालाई राखिने, संविधान र पार्टीको विधानको भावना अनुसार जातीय, क्षेत्रीय तथा भौगोलिक सन्तुलनसहितको समावेशिताअनुसार छनौट गर्ने कांग्रेसको तयारी छ ।

    लोकतन्त्र प्राप्तिको लागि भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा सहिद भएकाहरूको परिवारलाई प्राथमिकता दिने कांग्रेसले मापदण्डमा समेटेको छ । 

     

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १३:२६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij