२०८२ पौष १४ गते सोमवार
काठमाडौं । काठमाडौंको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।
३० वर्षीय थापा मगर उदयपुरका स्थानीय हुन् । काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा लगेकी थिइन् ।
अस्पताल पुग्दा उनको मृत्यु भइसकेको बताइएको छ । उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij