२०८२ पौष १४ गते सोमवार
काठमाडौं । मदन-आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
देशमा व्याप्त राजनीतिक अन्यौलताको बिचमा प्रतिष्ठानले मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा गोष्ठी गर्न लागेको हो ।
एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमाले केन्द्रीय सदस्य सुनिता डङ्गोल लगायतका वक्ता रहनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij