२०८२ पौष १४ गते सोमवार
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा जाँदैछन् ।
जेनजी आन्दोलनताका गृहमन्त्री रहेका लेखकमाथि आन्दोलनकारी विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप छ । भदौ २३ र ३४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि लेखक जान लागेका हुन् ।
लेखकले आयोगले सोधका प्रश्नको जवाफ दिँदै उक्त दिनको घटनाबारे जानकारी गराउने छन् । आयोग स्रोतका अनुसार लेखकलाई दिउँसो १२ बजे बयानका लागि बोलाइएको छ ।
आयोगमा बयान दिएपछि लेखकले पत्रकारलाई जानकारी दिन कार्यक्रम राखेका छन् । दिउँसो २ बजेपछि सिंहदरबारमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij