२०८२ पौष १४ गते सोमवार
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो र राति केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।
राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij