Logo

२०८२ पौष १३ गते आइतवार

२०८२ पौष १३ गते आइतवार

कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : अध्यक्ष लिङदेन

कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : अध्यक्ष लिङदेन


  • 99
    Shares

    कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : अध्यक्ष लिङदेन
    images

    विराटनगर ।‌ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिस्ट दलले लामो समयदेखि देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

    आइतबार विराटनगरमा सम्पन्न पार्टीको मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङदेनले करिब ३५ वर्षसम्म शासन गर्दै आएका कांग्रेस र कम्युनिस्टले देशमा लुटतन्त्र मच्चाएको भन्दै अब उनीहरूलाई बिदा गर्ने समय आएको बताए । 

    कांग्रेस र कम्युनिस्टबाट देशलाई मुक्त गराउन वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उनको भनाइ छ । उनले कांग्रेस र कम्युनिस्टको लुटतन्त्रविरुद्ध देशमा ‘जेनजी आन्दोलन’ देखिएको दाबीसमेत गरे ।

    राजसंस्थाको पुनस्र्थापना, हिन्दू राज्यको स्थापना र संघीयता खारेज नै राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य एजेन्डा रहेको अध्यक्ष लिङदेनले स्पष्ट पारे। यही एजेन्डा लिएर आगामी निर्वाचनमा जनतामाझ जाने तयारी रहेको उनले बताए ।

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १६:४९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij