Logo

२०८२ पौष १३ गते आइतवार

२०८२ पौष १३ गते आइतवार

रवि-बालेनको सहमतिपछि प्रसाईंले भने : भागबन्डाले हुँदैन, जनमत संग्रह गरौँ

रवि-बालेनको सहमतिपछि प्रसाईंले भने : भागबन्डाले हुँदैन, जनमत संग्रह गरौँ


  • 883
    Shares

    रवि-बालेनको सहमतिपछि प्रसाईंले भने : भागबन्डाले हुँदैन, जनमत संग्रह गरौँ
    images

    काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)बीचको सहमतिलाई राजनीतिक व्यापार भन्दै टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले देशलाई आफ्नो जग्गा सम्झेर सम्झौता गर्ने संस्कार राजनीति हो कि व्यापार भनेर प्रश्न गरेका हुन् । उनले ७० लाख सहकारीपीडितले न्याय पाउनुपर्ने विषय किन एजेन्डा नभएको भन्दै प्रश्न गरेका छन् ।

    गएराति रास्वपाका सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार मानेर आगामी निर्वाचनमा भाग लिने सहमति भएको थियो । प्रसाईंलाई यसैलाई लिए टिप्पणी गरेका हुन् ।

    उनले भागबण्डाको राजनीतिले देश नबन्ने र देश बन्न चरित्र चाहिने पनि भनेका छन् ।

    ‘भागबण्डाको राजनीतिले देश बन्दैन, देश बचाउन चरित्र चाहिन्छ। अब समय आएको छ—
    व्यक्ति होइन, प्रणाली बदल्ने । दल होइन, देश प्राथमिकतामा राख्ने,’ उनले भनेका छन्, ‘डर होइन, सत्यका पक्षमा उभिने । देश जोगाउन सबैजना एक भएर अघि बढौँ । किनकि देश कसैको निजी सम्पत्ति होइन । यो हामी सबैको साझा जिम्मेवारी हो । देश कुर्सीको सौदाबाजीले होइन, जनताको निर्णयले चल्नुपर्छ ।’

    त्यस्तै प्रसाईंले देशको भलो सोच्ने हो भने ढिला नगरी जनमत संग्रह गर्नुपर्ने पनि बताएका छन् ।

     

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १३:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij