Logo

२०८२ पौष १३ गते आइतवार

२०८२ पौष १३ गते आइतवार

रवि-बालेन मिलनपछि कुलमानको आह्वान- ‘वैकल्पिक शक्तिहरू एक नभई सुखै छैन’

रवि-बालेन मिलनपछि कुलमानको आह्वान- ‘वैकल्पिक शक्तिहरू एक नभई सुखै छैन’


  • 624
    Shares

    रवि-बालेन मिलनपछि कुलमानको आह्वान- ‘वैकल्पिक शक्तिहरू एक नभई सुखै छैन’
    images

    काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महानगर प्रमुख बालेन शाहबीच नयाँ समीकरण बनिरहँदा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिएका छन् ।

    पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले मुलुकको आवश्यकता र जनचाहना पूरा गर्न सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने बताए । वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले पार्टी एकीकरण सम्भव नभए पनि ‘कार्यगत एकता’ गरेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । ‘सही नेतृत्व र वैकल्पिक विचार बोकेका शक्तिहरू अब छरिएर होइन, एकताबद्ध भएर जानुपर्छ,’ घिसिङले भने, ‘सकेसम्म पार्टी एकीकरण गरौं, त्यो नसके कम्तीमा कार्यगत एकता गरेर भए पनि अगाडि बढौं । म सबै नयाँ र मूलधारका परिवर्तनकारी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्दछु ।’

    जनताले पुराना शैलीको विकल्प खोजिरहेको उल्लेख गर्दै उनले भने, ‘आजको जनमत वैकल्पिक शक्तिहरू एक होउन् र देशलाई नयाँ नेतृत्व प्रदान गरुन् भन्ने पक्षमा छ। यो भावनालाई हामीले समयमै बुझ्न जरुरी छ।’

    रास्वपा सभापति लामिछाने र मेयर शाहबीच सात बुँदे सम्झौता सार्वजनिक भएकै दिन घिसिङको यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयअघि बालेनसँग सहकार्यका लागि घिसिङले पनि छलफल अघि बढाएका थिए । तर, पछिल्लो समीकरणमा रवि र बालेन एक हुँदा कुलमान भने बाहिरै रहेका छन् । यद्यपि, घिसिङले आफूहरू एक्लिएको महसुस नगरेको संकेत गर्दै सम्मानजनक सहकार्यका लागि ढोका खुला रहेको प्रष्ट पारे ।

    एकताको अपिल गर्दैगर्दा घिसिङले सहकार्यको सर्त पनि अघि सारेका छन् । उनले आफ्नो पार्टीको आत्मसम्मान र स्वाभिमानलाई दाउमा राखेर भने कुनै सम्झौता नहुने स्पष्ट पारे । ‘हामी सबैसँग सहकार्य गर्न तयार छौं, तर त्यो सम्मानजनक हुनुपर्छ । हाम्रो स्वाभिमान नमेटिने गरी हुने सहकार्यले मात्र नतिजा दिन्छ,’ उनले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भने, ‘भित्रभित्रै धेरै गृहकार्य भइरहेको छ, केही दिनमै यसको ठोस नतिजा तपाईंहरूले देख्नुहुनेछ ।’

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १२:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij