Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ


  • 589
    Shares

    नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
    images

    नवनियुक्त मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

    शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। 

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित संवैधानिक अंगका प्रमुख र सरकारका उच्च पदस्थ कर्मचारी सहभागी थिए। 

    यसअघि प्रधानमन्त्री कार्कीले शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन्। उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १५:४४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij