२०८२ पौष ११ गते शुक्रवार
विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गर्नुभयो । केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गर्नुभएको थियो । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij