२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । कलाकार दीपक राज गिरी जेनजी अभियन्ता मिरज ढुङ्गानाको पक्षमा देखिएका छन् ।
उनले मिरज ढुङ्गानाको अभिव्यक्तिमा धेरै परिपक्वता पाएको बताएका छन् ।
आज शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा मिरजको एक तस्बिरसहित स्ट्याटस लेख्दै उनले प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन् ‘यी मिराज भाइ सँग मेरो दोहोरो चिनजान त छैन, तर यिनका अभिव्यक्तिमा धेरै परिपक्वता पाउँछु…!’
मिरज ढुङ्गाना ‘गरी खान देऊ’ अभियानका संयोजक हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हुनुमा उनको पनि महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ । उनीहरूले कहिदिन अघि माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।
उनले तत्काल चुनावमा जानुभन्दा पहिले मुलुकमा सुशासन कायम हुनुपर्ने र ‘सर्वपक्षीय सरकार’ गठन गरिनुपर्ने मुख्य बटमलाइन अघि सारेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij