Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जनमत पार्टीका नेता वीरेन्द्र साह आजपा प्रवेश, प्रभु साहले गरे स्वागत

जनमत पार्टीका नेता वीरेन्द्र साह आजपा प्रवेश, प्रभु साहले गरे स्वागत


  • 1.4K
    Shares

    जनमत पार्टीका नेता वीरेन्द्र साह आजपा प्रवेश, प्रभु साहले गरे स्वागत
    images

    जनमत पार्टीका नेता विरेन्द्र साह प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन्।

    साहले फेसबुकमार्फत जनमत पार्टीबाट राजीनामा दिएको घोषणा गरेपछि आजपाका अध्यक्ष प्रभु साहले उनलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्। 

    साहलाई पार्टीमा स्वागत गर्दै प्रभु साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट सांसद पदका निकटतम प्रत्यासी एवं जनमत पार्टीका नेता वीरेन्द्र प्रसाद साह पार्टी परित्याग गरी आजबाट हाम्रो आम जनता पार्टीमा प्रवेश गरेको स्वघोषणा गर्नुभएकोमा सहर्ष हार्दिक स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्दछु।’
     
    यसअघि जनमत परित्याग गरेको घोषणा गर्दै वीरेन्द्र साहले फेसबुकमा लेखेका थिए, ‘सबैमा नमस्कार जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट यसै फेसबुक पोस्टमार्फत राजीनामा दिएको विषय सबै सरोकारवालामा जानकारी गराउन चाहन्छु । साथै, देशमा राष्ट्रियता,लोकतन्त्र र अर्थतन्त्र बचाउन क्रियाशील नेपाली जनताको आशा एवं भरोसाको केन्द्र आम जनता पार्टीमा आबद्ध भएर काम गर्ने प्रतिबद्धता सहितको घोषणा समेत गर्दछु।

    धन्यवाद!’ गत ०७९ को निर्वाचनमा साह जनमत पार्टीको तर्फबाट सिराहा–४ बाट उम्मेदवार बनेर दोस्रो भएका थिए। साहले १६ हजार २९४ मत ल्याएका थिए थिए। 

    11_kzLSCqgH9h.jpg

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १३:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij