Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ हुँदै


  • 722
    Shares

    दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
    images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

    मुद्दा बुधबार न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको इजलासमा सुनुवाइ हुन लागेको हो । 

    यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

    नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

    त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो । प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १२:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij