२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । सुरुवाती मापनमा आजशुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा २।१ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५।४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस थियो।
बिहीबार दोस्रोपटक बिहान ८:४५ बजे मापन गर्दा पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस नै कायम भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुनस् मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ भने बिहान ५:४५ बजेकै कायम रहन पनि सक्छ।
मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। न्यूनतम तापक्रम घट्नुको अर्थ बिहान चिसो बढ्नु हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।

स्रोत स् मौसम पूर्वानुमान महाशाखा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij