Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ

बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ


  • 799
    Shares

    बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ
    images

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

    बिहीवार ज्वागलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘नयाँ र वैकल्पिकहरु जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ ।’

    बिहीवार बिहानैदेखि प्रमुख साहलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका छन् । साहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली काँग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि साहलाई भेटेका छन् । नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो ।

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १७:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij