२०८२ पौष १० गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेबिचको छलफलमा निवर्तमान सांसद अमरेश कुमार सिंह पनि पनि पुगेका छन् ।
बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा अमरेश पनि पुगेका हुन् । आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ ।
एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा पुगेका छन् ।
जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लाएर राखिराछौँ।’
गेटमा ताला लगाएपछि गुरुङले आफूहरू अहिलेको लागि ‘गार्ड’ बसेको बताएका छन् । दुई नेताबीच कुरा नमिल्दासम्म ताला नखोलिने अडान गुरुङले लिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij